Posts

तपाईं येशूको 'Fan' मात्र हुनुहुन्छ… कि साँचो 'Follower'?

Image
 धेरै मानिसहरू येशूलाई मन पराउँछन्। उहाँका चमत्कारहरू मन पराउँछन्। उहाँले दिनुहुने आशिष् मन पराउँछन्। प्रार्थनाको उत्तर पाउँदा खुसी हुन्छन्। तर एउटा गम्भीर प्रश्न छ— के हामी येशूका 'Fan' मात्र हौँ, कि साँचो 'Follower'? 'Fan' भनेको को हो? 'Fan' भनेको येशूलाई मन पराउने व्यक्ति हो। उहाँले गर्नुभएको चमत्कार मन पर्छ। उहाँले दिनुभएको आशिष् मन पर्छ। प्रार्थनाको उत्तर आउँदा धेरै खुसी लाग्छ। तर अवस्था बदलिन्छ जब येशू भन्नुहुन्छ: "यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस्, र मेरो पछि लागोस्।" —  मत्ती १६:२४ यही ठाउँमा धेरै 'Fan' हरू पछि हट्न थाल्छन्। हामी पनि कतै त्यही गल्ती त गरिरहेका छैनौँ? के हामीले ख्रीष्टियन हुनु भनेको केवल— शनिबार चर्च जानु, युट्युबमा भजन सुन्नु, फेसबुक वा टिकटकमा बाइबलका पदहरू पोस्ट गर्नु, यति मात्रै हो भनेर सोचिरहेका छैनौँ? यी सबै राम्रो काम हुन्। तर यी कुरा गरेर मात्र पनि हामी येशूलाई टाढाबाट हेर्ने  'Fan'  बन्न सक्छौँ। आजको तितो यथार्थ धेरैजसो हामी: येशूबाट  आशिष्  त चाह...